चर्चामा अर्का आर्यनको ‘एक्सन’ र ‘सिक्स प्याक’ (भिडियो)



रंग खबर, काठमाण्डौं । बर्सेनि फिल्म क्षेत्रमा थुप्रै नयाँ कलाकार भित्रिन्छन् । थोरैको चर्चा हुन्छ । धेरै आएको र गएको पत्तै हुँदैन । यो मानेमा अभिनेता आर्यन अधिकारी भाग्यमानी ठहरिए । उनले निर्देशक आकाश अधिकारीको फिल्म ‘के म तिम्रो होइन र’बाट अभिनयमा डेब्यू गरेका हुन् । फिल्म वैशाख ३१ गतेबाट रिलिज हुँदै छ । तर, फिल्म रिलिज हुनुअघि नै उनको ‘एक्सन’ र ‘सिक्स प्याक’ शरीरको चर्चा चुलिएको छ ।
actionफिल्मको ट्रेलर सार्वजनिक भइसकेपछि धेरैले उनलाई भारतीय अभिनेता टाइगर स्रोफसँग दाँजेर प्रतिक्रिया दिइरहेका छन् । ‘नेपाली टाइगर स्रोफ’– सञ्जय रोशिका तिवारीले युट्युबको कमेन्ट बक्समा लेखेकी छिन् । आर्यनले सिक्स प्याक शरीर बनाउन छ महिनाभन्दा बढी समय लगाएको बताइसकेका छन् । उनले भात नखाएर अन्य खानेकुरा खाँदा करिब दुई लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् ।

फिल्मको ट्रेलरमा देखिएको उनको एक्सनलाई देखेर केही निर्माताले उनलाई फिल्म खेल्न अफरसमेत गरिसकेको बुझिएको छ । तर, आर्यनले आफ्नो पहिलो फिल्मको प्रतिक्रिया लिइसकेपछि मात्र दोस्रो फिल्म खेल्ने बताइरहेका छन् । उनले आफू एक्सन हिरोकै रूपमा जम्न खोजेको समेत बताएका छन् । (साभारः शुक्रवार साप्ताहिक)
|हेर्नुस् फिल्मको ट्रेलर :-


kma timro haina ra

प्रतिक्रिया दिनुहोस्