शिवभक्त रमित बुद्धको प्रचारमा व्यस्त (फिल्मको ट्रेलरसहित)



रंग खबर, काठमाण्डौं । धेरैलाई थाहा नहुन सक्छ– अभिनेता रमित ढुंगाना शिवका कट्टर भक्त हुन् । त्यसैले उनले आफ्नो हातको पाखुरामा पनि ठूलो शिवको ट्याटू खोपेका छन् । उनी हरेक सोमवार माछा–मासु केही नखाई शिवको व्रत बस्ने गरेको बताउँछन् । यिनै रमित यतिबेला ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारा लिएर दौडिरहेका छन् ।
budha born in nepalअमेरिकाको एउटा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रममा ‘बुद्ध बर्न इन इन्डिया’ भनेर लेखेको पाइएपछि र आफ्नै छोराले पनि त्यही अध्ययन गरेको थाहा पाएपछि रमितले ‘बुद्ध बर्न इन नेपाल’ फिल्म नै निर्माण गरेका छन् । करिब चार वर्षपछि उनी यही फिल्मबाट अभिनयमा फर्कंदै छन् ।

अमेरिकाका केही शहरमा समेत छायांकन गरिएको फिल्मलाई उनले दुई वर्ष लगाएर बनाएका हुन् । उनले यो फिल्म भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रप्रतिले पनि हेर्न जरुरी रहेको बताइरहेका छन् । फिल्म जेठ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । (साभार : शुक्रवार साप्ताहिक)
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्