‘एक्शन’को रिलिज जेठ १४ मा |शिवको फाइट हेर्न आउलान् त दर्शक ?



रंग खबर,काठमाडौँ । अभिनेता शिव श्रेष्ठद्वारा अभिनित फिल्म अब ‘एक्शन’ जेठ १४ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । चिरायु फिल्मसको ब्यानरमा निर्मित फिल्मलाई राजु अर्यालले आफ्नै कथामा निर्देशन गरेका हुन् ।
actionफिल्ममा प्रमोद दिप, जेनिशा केसी, कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुँरागाई, अभिरुची बुढाथोकी, विक्रान्त तिवारी, प्रकाश लुईटेल आदि कलाकारले पनि अभिनय गरेका छन् ।  देश परिबर्तनको लागि सकारात्मक मिसन र एक्सन लिएर अघि बढ्नुपर्छ भन्ने सन्देश फिल्मले बोकेको निर्देशक अर्यालले बताए ।’फिल्मले पत्रकारमाथिको कथा बोल्छ,’ उनले भने ।

फिल्ममा  शिव श्रेष्ठ र  प्रमोद दिपको फरक र दमदार एक्सन हेर्न पाइने निर्माण युनिटको दाबी छ ।  शिवको फाइट हेर्न आउलान् त दर्शक ?
action 2

प्रतिक्रिया दिनुहोस्