‘अनागत’मा प्रियंका र अर्पण श्रीमान–श्रीमती | अर्पणले भने– ‘रियलमा यस्तो नहोस्’



रंग खबर, काठमाण्डौं । ‘मुखौटा’ अभिनेता अर्पण थापा अभिनेत्री प्रियंका कार्कीको श्रीमान् बन्दैछन् । साम्तेन भुटियाको निर्देशनमा बन्ने फिल्म ‘अनागत’मा उनी यस्तो भूमिकामा देखिँदैछन् । शुक्रवार राजधानीमा आयोजित फिल्मको प्रेस मिटमा अर्पणले यही भूमिकालाई लिएर अचम्मको प्रतिक्रिया जनाए ।
anagatउनले आफ्नो भूमिकालाई वास्तविक जीवनसँग तुलना गरे । ‘मैले बिहे गरेको १० वर्ष भयो । म आफूलाई ‘ह्यापिल्ली म्यारिड’ ठान्छु,’ उनले भने, ‘तर, यो फिल्ममा म वास्तविक जीवनभन्दा ठीक विपरीत देखिन्छु । यस्तो श्रीमानको भूमिकामा देखिन्छु जो आफ्नै श्रीमतीले मार्न चाहन्छ भन्ने शंका गर्छ । रिलमा यस्तो देखिए पनि रियलमा यस्तो नहोस् भन्ने चाहन्छु ।’

यो फिल्ममा उनले पेन्टरको भूमिका निर्वाह गर्दैछन् । ‘पेन्टर बन्ने मेरो सानैदेखिको चाहना थियो । फिल्मबाट भए पनि पूरा गर्न पाउँदै छु,’ उनले भने । (साभार शुक्रवार साप्ताहिक)
anagat 2

प्रतिक्रिया दिनुहोस्