‘गाजलु’को स्याड भर्सन ‘मुस्कुराउनुको कथा’ रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । पहिलो रोमान्टिक ‘तिमी आयौ’ बोलको गित पछि फिल्म ‘गाजलु’ युनिटले स्याड भर्सनको दोस्रो गित रिलिज गरेको छ | ‘मुस्कुराउनुको कथा’ बोलको गितमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सृष्टि श्रेष्ठ फिचरिङ् भएका छन् । कालिप्रसाद बाँस्कोटाको शब्द र संगीतमा सुमन गुरुङको स्वर रहेको छ ।

Capture

रोहित अधिकारी फिल्मसको ब्यानरमा बनेको फिल्मलाई हेमराज बिसीले निर्देशन र रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म ‘गाजलु’ आउदो जेठ २८ मा अल नेपाल र मे २९ तारिखमा लण्डनमा प्रिमियर हुनेछ ।

Watch song here:-

प्रतिक्रिया दिनुहोस्