सुरजले ल्याए अकेशा र मुकेशको ‘ब्रेकिङ् न्युज’ (हेर्नुस भिडियो)



रंग खबर,काठमाडौँ | बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक सुरज शाही ठकुरीले आफ्नो पछिल्नो गित ‘ब्रेकिङ् न्युज’  यसै साता  सार्वजनिक गरेका छन् ।’ब्रेकिङ् न्युज’को भिडियोमा नायक मुकेश आचार्य र नायिका अकेशा बिष्टले अभिनय गरेका छन् । यो भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन् । अभिनेता मुकेश आचार्यकै शब्दमा तयार भएको यो गीतलाई इन्द्र आरपिले संगीतबद्ध गरेका हुन् । गीतका संगीत संयोजक किरण तुलाधर रहेका छन् ।

Suraj and Akesha

तीन वर्षअघि ‘संस्करण’ शीर्षकको एकल एल्बम सार्वजनिक गरेका गायक ठकुरी त्यही एल्बमको ‘तिमी बिना जिउनु त’ गीत लोकप्रिय भएपछि स्रोताको रोजाइमा परेका हुन् । गायक शिव परियार तथा संगीतकर्मी चण्डप्रसाद काफ्लेसंग लामो समयसम्म शास्त्रीय संगीतको प्रशिक्षण लिएका गायक ठकुरीले हालसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर दिएका छन् । ‘कोशिस गरें मैले’ गीत ईमेज एवार्डको मनोनयनमा परेपछि गायक ठकुरीको सांगीतिक व्यस्तत बढेको थियो । सुर्खेतमा जन्मिएका गायक ठकुरी यतिबेला डिजे सन्तोषद्वारा सञ्चालित ब्ल्याकपेपर स्टुडियोमा ‘इन हाउस परफमर’ को रुपमा सक्रिय छन् ।

Watch song here:-

                         

प्रतिक्रिया दिनुहोस्