चिरञ्जीवीको नयाँ गीतः शिल्पा पोखरेल बनिन् ‘सान्नानी’(भिडियो)



रंग खबर, काठमाण्डौं । गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको ‘सान्नानी सुन न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार शंकरदेव कँडेलले लेखेको गीतमा अनुप रेग्मीले संगीत भरेका छन् । गीतकार शंकरदेवको ‘सान्नानी’ एल्बममा पुष्कर सुनुवारको म्युजिक एरेन्ज रहेको छ ।

13250352_853673421409593_1874418916_n

गीतको भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका छन् । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मोडल पुष्प खड्काले अभिनय गरेका छन् । हरि हुमागाईंले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । ‘गीत रोमान्टिक खालको छ,’ चिरञ्जवीले भने, ‘करिअरलाई फड्को मार्न गीतले सहयोग गर्नेमा आशावादी छु ।

13235865_853675321409403_1298302397_n

 

watch here song:-

 

 

प्रतिक्रिया दिनुहोस्