गायक राम धिमालको ‘असल साथी’ सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । गायक राम धिमालको स्वरमा ‘असल साथी’ गीतको यसै साता भिडियो सार्वजनिक भएको छ । अहिलेका चर्चित भिडियो निर्देशक दिपेन्द्र केसीको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान, सुरबिना कार्की र मिलन शंकरले अभिनय गरेका छन् । मित्रताको हरेक पाटोलाई चित्रण गर्ने गितमा शब्द गोपी दाहालको र संगीत एन के बर्सशको रहेको छ ।

13219839_1040005326080028_926579345_n

नेपालमा थुप्रै सांगीतिक कार्यक्रममा प्रस्तुति दिएर चर्चा कमाएका गायक धिमाल अहिले अमेरिकामा बसोबास गर्छन । गायक धितालको जन्म भने भुटानमा भएको हो । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्