प्रतिस्पर्धामा ‘बुद्ध वर्न इन नेपाल’ र ‘होमवर्क’



रंग खबर, काठमाडौँ  । यो हप्ता दुइ नेपाली फिल्म पर्दशनमा आएका छन् । निरक पौडेल निर्देशित ‘होमवर्क’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘वुद्ध वर्न इन नेपाल’।

buddha born in nepal

‘बुद्ध वर्न इन नेपाल’
फिल्मलाई रमित ढुंगानाले निर्माण गरेका हुन् । फिल्ममा रमित ढुङ्गानासँगै आशिष्मा नकर्मी, मिथिला शर्मा, निर शाह र अमित ढुंगानाले अभिनय गरेका छन्  । बुद्धको जन्मबारे विश्वभर फैलिएको भ्रमलाइ प्रमाणित गरि बुद्ध नेपाल मै जन्मेका हुन् भन्ने सन्देस बोकेको फिल्मलाई नेपाल सरकारले महत्वका साथ हेरेको छ ।  फिल्म अलनेपाल रिलिज भएको छ ।

homework

‘होमवर्क’
आर्यन सिग्देल दोहोरो भूमिकामा प्रस्तुत भएको फिल्मलाइ गोपीकृष्ण मुभिजले निर्माण गरेको हो  । फिल्ममा आर्यन बाबु र छोराको भूमिकामा देखिएका छन्  । फिल्ममा आर्यन संगै नम्रता श्रेष्ठ, गौरी मल्ल, र जीबी तिमिल्सिनाको केन्द्रिय भूमिका रहेको छ  । बिहिबारको प्रिमिएर बाट मिस्रित प्रतिक्रिया पाएको फिल्मले अनपढ हुदा एक धनाड्य व्यक्तिले झेल्नु परेको दुखको कथा पेस गर्दछ ।

प्रतिक्रिया दिनुहोस्