‘लालटिन’को फष्टलुक : अध्यारो सहर लाल्टिनबाट नियाल्दै



रंग खबर, काठमाडौँ । भानु प्रतापको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘लाल्टिन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका कोहि पनि कलाकार अटाएका छैनन् । पृष्ठभूमिमा नचिनिने गरेर एकजना पात्र लाल्टिन समाएर उभिएका छन् भने ब्याकग्राउन्ड अध्यारो सहरलाई देखाइएको छ ।

laltin

देबकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायत अभिनय गरेका छन् । अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्ममा बिनोद ढकाल, किरण माइकल, र डिजराज पौडेलको संगीत रहेको छ । रिलिज मिति तय नभैसकेको फिल्मलाई हरि घलेले खिचेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्