आवाजबाट बिजुली निकाल्ने कथामा ‘बिजुली मेसिन’ (भिडियो सहित)



रंग खबर, काठमाडौँ । पछिल्नो समय नेपाली फिल्म नयाँ नयाँ बिषयबस्तुमा निर्माण भैरहेका छन् । सधै एउटै परिपाटिमा फिल्म निर्माण हुने परम्परा फिल्म उद्द्योग करिब पाखा लाग्दै छ । र फलस्वरुप दर्शकले पनि नयाँ स्वाद लिन पाउदा हल सम्म आउने गरेका छन् । पछिल्नो समय ‘पशुपति प्रशाद’, ‘लूट’, ‘कालो पोथी’, ‘झोला’, मोक्क्ष लगाएतका फिल्मले पुरानो परम्परालाई तोडेका छन् । त्यस्तै अहिले फेरि नयाँ कथामा ‘बिजुली मेसिन’ नामक फिल्म बनेको छ ।

13052016121746bijuli-machine-1000x0

केहि अगाडी प्रधानमंत्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने भन्दा चौतर्फी चर्चा र आलोचनाको बिषय बनेको थियो । कतिले ओलीको कुरा पत्याए पनि कतिले हावामै उडाए । यो त भयो ओलीको कुरा, अब ओलीले मात्र होइन नब निर्देशक नबिन अवालले पनि आवाजबाट बिजुली निकाल्ने छन् । उनीले निर्देशन गरेको फिल्म ‘बिजुली मेसिन’मा आवाजबाट बिजुली निकाल्ने प्रयत्न गरिएको छ । फिल्ममा एक युवकले जनताको जीवनस्तर उकास्नको लागि आवाजबाट बिजुली निकाल्ने मेसिन बनाउन खोज्दा आएका झमेलालाइ देखाउन खोजिएको छ । फिल्ममा उडेको ठुलो हवाईजहाज आवाजबाट बिजुली निकाल्ने कल्पना गरिएको छ ।

bijuli michine

युनिभर्सल नेपालको ब्यानरमा संजीवकुमार न्यौपाने, दिपेन बस्नेत र रिसभ आचार्यले निर्माण गरेको फिल्ममा अभिषेक सुवेदीले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनका साथमा रेलिजा श्रेष्ठ, जीवन अधिकारी र बुद्धि तामाङले पनि यसमा अभिनय गरेका छन् भने राजेश हमाल विशेष भूमिकामा देखिदैछन् ।

Watch here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्