फ्राईडे भिडन्तमा बेस्ट फ्रेन्ज फरेभर, एक्सन र किन गरे माया | कसले मार्ला बाजी



रंग खबर,काठमाडौँ । यो शुक्रबार तिन फिल्म पर्दशनमा आएका छन् । रमेश बोगटी निर्देशक रहेको ‘किन गरे माया’, राजु अर्याल निर्देशित ‘एक्सन’, र उत्सब थपलिया निर्देशित ‘ बेस्ट फ्रेन्ज फरेभर’ । यी तिन फिल्म मध्य कुनले बाजी मार्ने हुन् त्यो त केहि दिन पछि नै थाहा हुनेछ, अहिलेलाइ भने पढ्नुस तिनै फिल्मका सन्क्षिप्त जानकारी ।

CYMERA_20160527_114032

किन गरे माया: प्रेम कथामा आधारित फिल्मलाइ दिल कुमार प्यासीले निर्माण गरेका हुन् । नव कलाकारहरुको वर्चस्व रहेको फिल्ममा आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलान लगायतका कलाकारले अभिनय गरेका छन । फिल्ममा संगीत महेश खड्का र बसन्त सापकोटाको रहेको छ । फिल्ममा शंकर महर्जनको द्वन्द हेर्न सकिन्छ ।

Kin-Gare-Maya-Poster

एक्सन: एक्सन प्रधान फिल्ममा शिव श्रेष्ठ, जेनिशा केसी, प्रमोद दिप, कुशुम गुरुङको अभिनय रहेको छ | फिल्ममा दिपेन्द्र कोइराला र सर्मिला तामाङ गुरुङको लगानी छ । फिल्म चिरायु फिल्मसको ब्यानरमा बनेको हो ।

action

बेस्ट फ्रेन्ज फरेभर: फिल्ममा युवा पुस्ताको मित्रतालाई फिल्ममा उतारिएको छ । आरभ, सारिक्षा थापा र सन्दिप घिमिरेको संयुक्त लगानी रहेको फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, सन्दिप घिमिरे, पिङ्की शेर्पा, साधना भण्डारीले अभिनय गरेका छन् । अर्जुन पोखरेल, कमल खत्री र आकाश थापाले फिल्ममा संगीत दिएका छन् ।

best friend forever

प्रतिक्रिया दिनुहोस्