विपिको ‘तिन घुम्ती’ ट्रेलर रिलिज | के फर्किएला त गरिमाको ‘झोला’ उचाई ? (भिडियो)



रंग खबर,काठमाडौँ । जननायक विपी कोइरालाको एक मात्र चर्चित उपन्यासमाथि बनेको फिल्म ‘तिन घुम्ती’को ट्रेलर र दुइ ओटा गित शुक्रबार प्रेसमिट गरि सार्वजनिक गरियो । फिल्मलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा राकेश अद्कियाको लगानी रहेको छ।

हेर्नुस ट्रेलर:-

 

फिल्ममा ‘झोला’ अभिनेत्री गरिमा पन्तको अभिनय रहेको छ । गरिमाले फिल्ममा मुख्य पात्र इन्दिरा मायाको भमिका निर्वाह गरेकी छिन ।   पिताम्बरको भमिका ध्रुब दत्त र रमेशको भूमिका सुशान्त कार्कीले निर्वाह गरेका छन् । फिल्ममा बसन्त सापकोटाको संगीत र डा.कृष्ण हरि बरालको शब्द रहेको छ। फिल्मलाई स्व: पुर्वप्रधानमंत्री सुसिल कोइरालाले बिपी कोइराला प्रतिष्ठानको तर्फबाट प्रशंसापत्र प्रदान गरेका थिय। फिल्म असार १७ मा पर्दशन हुनेछ । ‘तिन घुम्ती’को अन्तराष्ट्रिय रिलिजको जिम्मा माउन्टेन रिभर फिल्मसले लिएको छ ।

tin ghmti

उपन्यासबाट प्रभावित भएका निर्देशक बाबुराम भन्छन, ‘मुख्य पात्र इन्दिरा माया र अन्य पात्रको माध्यमले समाजमा धेरै कुराको पाठ सिकाउने छ । बिद्रोह, संघर्ष र अनुभबलाइ यसको माध्यमले उजागर गर्नेछ, जुन कुरा वर्तमान समाजले दबाएर राखेको छ।’

10304628_10201159278303252_2207636813107150094_n

फिल्म उद्दोगमा त्यति सफलता पाउन नसकेकी गरिमा पन्तलाइ ‘झोला’ले उचाईमा पुर्याएको थियो । त्यसयता गरिमाका फिल्मले सफलता पाउन सकिरहेका छैनन् । के अब गरिमालाइ ‘तिन घुम्ती’ले ‘झोला’को उचाई फेरि देला त ?

प्रतिक्रिया दिनुहोस्