नीता र आमेशको ब्रेकअप चर्चा | आमेश भन्छन् – ‘नीतालाई सोध्नुस्’



सबैलाई थाहा भएकै कुरा हो– अभिनेत्री नीता ढुगांना र अभिनेता आमेश भण्डारीको प्रेम सम्बन्धबारे ।  उनीहरूले खुलेरै आफ्नो गहिरो प्रेम मिडियासामु व्यक्त गरेकै हुन् । तर, यतिबेला उनीहरूको प्रेम सम्बन्धमा खटपट आएको चर्चा मनोरञ्जनवृत्तमा चलेका छ ।
neeta dhungana aamesh bhandariपहिलेजस्तो हरेक सार्वजनिक कार्यक्रममा उनीहरू सँगै देखिन पनि छाडेका छन् । सोमवार आफ्नो नयाँ फिल्म ‘निर्भय’को घोषणा कार्यक्रममा नीताले दिएको अभिव्यक्तिले त झन् शंका उब्जाइदिएको छ । आमेशसँग तपाईंको सम्बन्ध राम्रो छ त ? भनेर प्रश्न सोध्दा उनको शंकास्पद जवाफ आयो, ‘ठीकै छ ।’ ठीकै मात्र ? ‘अ, राम्रै छ’ भन्दै उनले विषय मोडिन् ।

यही विषयमा शुक्रवारले आमेशलाई सोध्दा उनले यो विषयमा आफूले केही बोल्न नमिल्ने भन्दै नीतालाई सोध्न आग्रह गरे । यी दुईको यस्तो जवाफले यति त प्रष्ट छ– ‘दाल में कुछ काला है’ ।
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्