रेकर्ड कायम गर्दै दिपक–दिपाका फिल्म र गीतले (भिडियो सहित)



रंग खबर,काठमाडौँ | पछिल्लो समयमा ‘आमा सरस्वती गीता देवी फिल्मस’द्वारा निर्मित फिल्म र गितहरुले युट्युवमा रेकर्ड कायम गर्न थालेका छन् । दिपाश्री निरौला र दिपकराज गिरिको लगानी रहेको ब्यानरले यस अघि हिट हास्यसृंखला ‘तितो सत्य’ निर्माण गरिसकेको छ । पछिल्लो समय फिल्म निर्माणमा निरन्तरता दिइरहेको यस ब्यानरले निर्माण गरेका गित र फिल्मले युट्युवमा धमाल मच्चाउने गरेका छन् । हेर्नुहोस पछिल्नो ३ बर्षमा रेकर्ड राख्न सफल भिडियोहरु ।

dipa,dipak,priyanka

‘सुर्के थैली’: पोहोर साल रिलिज भएको ‘सुर्के थैली’ गितले युट्युवमा नेपाली फिल्मी गित मध्यकै सर्वाधिक भिउ पाएको छ । ‘सुर्के थैली’लाइ अहिले सम्म ७८ लाख बढीले हेरिसकेका छन् । राजनराज सिवाकोटी, अन्जु पन्त र राजु विश्वकर्माको स्वर रहेको गीतमा राजनराजकै शब्द र संगीत रहेको छ । ‘सुर्के थैली’ युट्युवमा मात्र नभएर सबैको मुख-मुखमा, सास्कृतिक कार्यक्रममा र देउसी-भैलोमा पनि सर्वाधिक हिट भएको थियो । ‘सुर्के थैली’ ‘आमा सरस्वती गीता देवी फिल्मस’कै ब्यानरमा बनेको फिल्म ‘वडा नम्बर ६’मा समाबेश छ ।

हेर्नुस एकपटक फेरि:-

 

‘वडा नम्बर ६’: २०७२ सालको सुपरहिट फिल्मले छोटो समयमै युट्युवमा सर्वाधिक भिउ पाएर रेकर्ड राख्न सफल भयो । करिब एक हप्ता अगाडी युट्युवमा रिलिज भएको फिल्मलाई अहिले सम्म २३ लाख ४२ हजार बढीले हेरीसकेका छन् । उज्वल घिमिरे निर्देशित फिल्ममा दीपकराज गिरि प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहंग राइ, किशोर खतिवडा, दिपाश्री निरौला, रन्जिता गुरुङ,शिवहरी पौडेल, सन्दिप छेत्री, विल्सन बिक्रम राइ लगाएतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस पुरा फिल्म:-

 

‘पुर्व पश्चिम रेल’: शनिबार बेलुका मात्र रिलिज भएको यो गीतलाई २४ घण्टा नबित्दै युट्युवमा १ लाख भन्दा बढीले हेरीसकेका छन् । यो गित फिल्म ‘छक्का पन्जा’मा समाबेश छ । रिलिज भए संगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको यो गीतले यदि यहि रफ्तारमा भिउ पायो भने १ महिना भित्रै ‘सुर्के थैली’को रेकर्ड ब्रेक गर्न सक्छ । ७८ लाख बढी भिउ पाएको ‘सुर्के थैली’ले २४ घन्टाको अबधिमा जम्मा १० हजार भिउ पाएको थियो । गायिका अन्जु पन्त र संगीतकार राजनराज सिवाकोटीको स्वर रहेको गीतमा राजनराजकै शब्द,संगीत रहेको छ ।

हेर्नुस भिडियो:-

 

‘छ एकान छ’: एक बर्ष अगाडी युट्युवमा अपलोड गरिएको यो फिल्मलाई करिब २५ लाख पटक हेरिएको छ । यो संख्या नेपाली फिल्मको लागि धेरै नै हो । दिनेश डिसी निर्देशित फिल्मलाई दिपाश्री निरौला, दिपकराज गिरि र निर्मल शर्माले निर्माण गरेका हुन् । फिल्म २०७० सालको हिट फिल्म हो ।
यो फिल्ममा दिपकराज गिरि, निता ढुंगाना, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, राज बल्लभ कोइराला लगाएतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस पुरा फिल्म:-

 

प्रतिक्रिया दिनुहोस्