बलिउडका सफल निर्देशकका सुपरफ्लप फिल्म



रंग खबर, काठमाडौँ | बलिउडमा केहि त्यस्ता निर्देशक छन्, जसका फिल्म शत-प्रतिशत हिट हुने हैसियत राख्छन । तर पनि कहिले काहिँ गलत कथाबस्तु र दर्शकका कारण एकाध फिल्म बक्स अफिसमा नराम्ररी पच्छारिने गर्छन । आज हामी केहि त्यस्ता निर्देशकका सुपरफ्लप फिल्मको बारेमा जानकारी दिन्छौ ।

1464694631-9732

१) गुरुदत्त (काजल के फुल १९५९)
गुरुदत्त बलिउडका राम्रा फिल्म बनाउने निर्देशकमा गनिन्छन । र उनका फिल्मलाई दर्शकले पनि राम्रै साथ दिन्थ्ये । बाजी (१९५१), जाल (१९५२), आर पार (१९५४), मि. एण्ड मिसेस (१९५५), प्यासा (१९५७) जस्ता फिल्म बनाएर दर्शक र क्रिटिक्सको मन जितेका निर्देशकको १९५७ मा रिलिज भएको ‘काजल के फुल’ले नराम्रो संग पिटाइ खुवाइदियो । फिल्मलाई उच्च लाइट, साउन्ड र अत्याधुनिक क्यामराबाट खिचिएको थियो । कथाबस्तु पनि जबर्जस्त रहेको फिल्मलाइ इभरग्रीन फिल्मको रुपमा हेरिन्छ ।अहिले पनि सबैको मन मस्तिस्कमा रहेको फिल्मलाई त्यतिबेला भने दर्शकको साथ मिलेन । बलिउडमा ‘काजल के फुल’लाइ समय सापेक्ष नभएको र फिल्म समयसिमा भन्दा अगाडीनै रिलिज भएकोले दर्शकले नबुझेको भनिएको छ । फिल्ममा वहिदा रहमान र जानी वाकरले अभिनय गरेका थिए ।

1464694787-256

२) राज कपूर (मेरा नाम जोकर १९७०)
राज कपूरलाइ बलिउडमा शो-म्यानका रुपमा चिनिन्छ । उनिको फिल्मलाइ दर्शकले दशकौ कुर्न पनि तयार हुन्थे । उनिका फिल्ममा बलियो कथाबस्तु, सुमधुर संगीत अनि कलात्मक ढंगको प्रस्तुतिले गर्दा उनीका फिल्म हेर्नलाइ दर्शक ब्याकुल हुन्थे । जब राज कपूरका फिल्म हल लाग्थे तब झ्याल-झ्यालमा टिकट किन्नेको हानथाप हुन्थ्यो । राज कपूरले २४ बर्षकै सानो उमेरमा ‘आरके स्टुडियो’ स्थापना गरि ‘आग’ फिल्म निर्देशन गरेर सबैलाई चकित तुल्याएका थिए । त्यसपछि आवारा, श्री ४२०, बुट पालिस, संगम, बेबी, प्रेम रोग, राम तेरी गंगा मैली लगाएतका फिल्म बनाएर दर्शक र क्रिटिक्सको मन जितेका थिए ।

तर १९७० मा राज कपूरले बनाएको फिल्म ‘मेरा नाम जोकर’लाइ नत दर्शकले हेरे नत क्रिटिक्सले मन पराए । करिब ६ बर्ष लगाएर, अथक परिश्रम र आर्थिक खर्चिएको फिल्मलाई व्यापक प्रचार गरिएको थियो । सबैतिर बाट चर्चा कमाएको फिल्म रिलिज पछि एकाएक सेलाउन पुग्यो । फिल्ममा राज कपूरले नै केन्द्रिय भूमिका निर्वाह गरेका थिए । फिल्म असफल भए संगै राज कपूरलाइ आर्थिक संकटले पनि घेरेको थियो । राज कपूरलाइ एक इन्टरभ्युमा ‘हजुरलाइ हजुरले बनाएका फिल्म मध्य कुन राम्रो लाग्छ ?’ भनि सोधिएको प्रश्नमा उनले भनेका थिए । ‘एउटी आमालाई उसका बच्चाहरु मध्य कसको माया लाग्छ भनि सोध्नु भयो भने, उसले आफ्नो कमजोर बच्चालाइ नै सम्झिन्छे । त्यसैले मेरो पनि कमजोर बच्चा ‘मेरा नाम जोकर’ हो भनि जवाफ दिएका थिए ।

1464694876-3461

३) यश चोपडा (लम्हे १९९१)
यश चोपडाले मृतुप्रयन्त फिल्म बनाइरहे । बलिउडमा यशको ५० बर्ष भन्दा लामो करियर रहेको छ । ५० बर्षे करियरमा यशले २२ फिल्म निर्देशन र केहि फिल्ममा निर्माता पनि रहे । फिल्मी करियरको सुरुवात अलगअलग फिल्म धुल का फुल, वक्त, आदमी और इन्सान, इत्तेफाक, दिवार जस्ता फिल्मबाट सुरु गरेका यशले १९७६ बाट रोमान्टिक फिल्म बनाउन थाले । जोसिला (१९७३), मसाल (१९८४), फासले (१९८५), विजय (१९८८) मा बनेका फिल्म फ्लप भएपछि उथलपुथल भएका थिए । १९८१ मा अमिताभ, रेखा र जयालाइ लिएर शिलशिला बनाएका यशले यो फिल्मको असफलताले सन्तुलन गमाउन पुगे ।

यो भन्दा पनि ठुलो झट्का यशलाइ त्यतिबेला लाग्यो जब उनले १९९१ मा अर्जुन कपूर र श्रीदेवीलाइ लिएर ‘लम्हे’ बनाए । ‘लम्हे’ संग नँया कलाकार अजय देवगण र मधु अभिनित ‘फुल और कांटे’ रिलिज भएको थियो । यशको करियरको राम्रो फिल्म मानिने ‘लम्हे’ एउटा नँया कलाकार अभिनित फिल्मसंग हार्न पुगेपछि यशलाई सबभन्दा ठुलो संकट आइपरेको थियो । लगातार फ्लप फिल्म दिइरहेका यशलाइ त्यसको केहि समय पछि बनाएको ‘डर’ले सफलताको स्वाद चखायो । त्यसपछि यश चोपडालाइ कहिले पछाडी फर्कनु परेन ।

1464694993-7886

४) रमेश सिप्पी (जमाना दिवाना १९९५)
रमेश सिप्पीलाइ फिल्म ‘शोले’ भनेपछि आज पनि सम्झना गरिन्छ । ‘सोले’ बलिउडको सर्वाधिक सफल फिल्म मध्यमा गनिन्छ । धेरै स्टारलाइ लिएर फिल्म बनाएका रमेशलाइ जहिले पनि बिग बजेटका बिग फिल्म बनाउन मन पर्थ्यो । सान, शक्ति, सागर जस्ता उम्दा फिल्म बनाएका रमेशका फिल्मले औसत व्यापार गरे ‘शोले’लाइ छोडेर । भ्रष्टाचार र अकेला जस्ता फिल्म फ्लप भएपछी पनि बलिउडले उनिप्रति आश मारेको थिएन । रमेशले कमब्याक गर्न सक्छन भन्ने लागेको थियो बलिउडमा ।

त्यसपछि १९९५ मा रमेशले शाहरुख खान र रबिना टन्डनलाइ लिएर ‘जमाना दिवाना’ बनाए । ‘जमाना दिवाना’ बाट कमब्याक गर्ने सोच बनाएका रमेशलाई यो फिल्मले पूर्णबिराम लाइदियो । घिसि-पिटी कहानी र कमजोर प्रस्तुतिका कारण रमेशको करियरको सबैभन्दा खराब फिल्म बन्न पुग्यो ‘जमाना दिवाना’ । यो फिल्मको असफलताले रमेश सार्है दुखि भए । त्यसपछि उनीले कहिले फिल्म बनाएनन ।

1464695065-6119

५) सुभाष घई (यादे २००१)
सुभाष घई बलिउडमा हिरो बन्न आएका थिए । तर उनलाई समयले निर्देशक बनाइदियो । उनको पहिलो फिल्म ‘कालिचरण’ (१९७६) थियो । जसलाई दर्शकले औधी रुचाए । त्यसपछि कर्ज (१९८०), हीरो (१९८३), कर्मा (१९८६), राम लखन (१९८९), सौदागर (१९९१) र खलनायक (१९९३) जस्ता ब्लकबस्टर फिल्म दिए । सुभाषले कहिले पनि क्लासिकल फिल्म बनाएनन, तैपनि दशकले उनलाई धेरै साथ दिए । सुभाषको नाम पोस्टरमा देख्न बित्तिकै हलमा दर्शकको भिड लाग्ने गर्थ्यो । उनका फिल्म नाटकीय घटनाक्रममा आधारित हुन्थे । घईको फिल्ममा सुमधुर संगीतको वर्चस्व रहन्थ्यो ।

‘खलनायक’ पछि उनका फिल्ममा फिल्मले लगातार फ्लपको व्यापार गर्न थाले । त्यसपछिका ‘परदेश’ र ‘ताल’ जस्ता फिल्मले पनि असफलताको स्वाद चाखे । त्यपछि घईले २००१ मा ऋतिक रोशन र करिना कपूरलाइ लिएर ‘यादे’ बनाए । यो फिल्म घईको करियरको सर्वाधिक झुर फिल्म बन्न पुग्यो । पहिलो दिनबाट नै हलबाट उत्रिन थालेको यो फिल्मले घईलाइ अगाडी बढ्न दिएन | फिल्म यसरि फ्लप भयो कि त्यसपछी घईले कहिले फिल्म बनाउने बारे सोचेंनन ।

प्रतिक्रिया दिनुहोस्