१ करोड मागेका भुवनलाई हाईलाइट्सले २५ लाख मात्र तिर्ने



रंग खबर,काठमाडौँ |अभिनेता भुवन केसी निर्मित एबं निर्देशित सिनेमा ड्रिम्सको पाइरेसी काण्ड करिब निष्कर्षमा पुगिसकेको बुझिएको छ । युट्युब र भिसिडी राइट्स किनेको संस्था हाईलाइट्स नेपालका भित्रैका कर्मचारीबाट फिल्मको पाइरेसी भएको प्रमाणित भएपछी अब हाईलाइट्स नेपालले भुवन केसीलाई २५ लाख बुझाउने छ । फिल्म पाइरेसी भएको थाहा पाएपछि भुवन केसीले १ करोड तिर्नुपर्ने माग गरेका थिए । तर अहिले आएर दुवैको सहमतिमा २५ लाखमा कुरा मिलेको हो । पाइरेसीमा संलग्न २ जना विधान गुरुङ र चन्द्र नागजुलाइ प्रहरी हिरासतमा राखेको छ ।

dreams-nepali-movie

हाईलाइट्सले ड्रिम्सको युट्युब र भिसिडी राइट्स झन्डै १४ लाखमा किनेको थियो । विदेश प्रर्दशन पछि मात्र युटुब र भिसिडीमा निकाल्ने सहमति भएपनि ड्रिम्सको मास्टर कपी नै पाइरेसी भएको थियो । पाइरेसी भएपछी भुवनले आफुलाई १ करोडको नोक्सानी र फिल्म उद्ध्योगलाइ ५० करोडको नोक्सानी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्