‘म त तिम्रै हुँ’ ट्रेलरमा, सुस्मिताको कमब्याक (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ | अनमोल क्रियशनको व्यानरमा बनेको फिल्म ‘म त तिम्रै हुँ’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक समारोहका बीच फिल्मको ट्रेलर सार्वजनिक र अडियो लन्च गरियो ।

13383549_1315536495142804_1905876256_o

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रमुख कलाकार ज्योत्स्ना योगी र आकाश श्रेष्ठ संगै भुवन केसी पुर्वपत्नी सुस्मिता केसी पनि हाबी भएकी छिन । फिल्म ‘म तिमि बिना मरिहाल्छु’ सफलताको लामो समय पश्चात सुस्मिताले ‘म त तिम्रै हुँ’बाट कमब्याक गरेकी हुन् ।

13410874_1315536498476137_1525361853_o

साउन ७ बाट प्रदर्शनमा आउने फिल्ममा श्रीराम महतको निर्देशन रहेको छ । फिल्ममा सुस्मिता केसी र सुवास थापाको लगानी रहेको छ । ज्योत्सना, आकाश र सुस्मिता संगै फिल्ममा जीवन भट्टराई, सुशन खड्का, अनुपम श्रेष्ठ, अर्जुन खड्का लगाएतका नयाँ कलाकारले अभिनय गरेका छन् ।

Watch here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्