सकियो सुरबिना र रजनीको ‘चर्खा’



रंग खबर, काठमाडौँ | अन्तत सुरबिना कार्की, रजनी केसी, दिलिप राइमाझि, सुशान्त कार्की जुनु रिजाल र निर्जन थापाले अभिनय गरेको फिल्म ‘चर्खा’को सुटिङ सकिएको छ । संगै एउटै फिल्ममा सुरबिना र रजनीले पहिलो पटक अभिनय गरेका हुन् । फिल्म उद्द्योगमा करिएर बनाउन लागि परेका यी अभिनेत्रीहरु यो फिल्मबाट धेरै आशाबादी रहेका छन् । यो भन्दा पहिलेका फिल्मले खासै उचाई दिन नसकेपछि,सुरबिना र रजनी सफलताको खोजीमा रहेका छन् ।

13178758_1036591753094729_4163212980426901329_n

मकवानपुरबाट सुरु भएको ‘चर्खा’को सुटिङ ३७ औं दिनमा सिलगुडीमा गएर सकिएको हो । मकवानपुरमा ८५ प्रतिशत र सिलगुडीमा १५ प्रतिशत छायांकन गरिएको फिल्मलाइ गोबिन्द गौतमले निर्देशन गरेका हुन् भने निर्माण हेटौडाका युवा ब्यबसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केशी लगाएतले गरेका छन् ।

Surabina-Karki-at-Charkha

प्रतिक्रिया दिनुहोस्