शब्द सहित सुन्नुस ‘किस्मत २’ गीत ‘उनि आकाशबाट झरेकी अप्सरा’



रंग खबर, काठमाडौँ | छविराज ओझाले निर्माण गरेको पछिल्नो फिल्म ‘किस्मत २’मा समाबेश शब्दसहितको गीत सार्वजनिक भएको छ । ‘उनि आकाशबाट झरेकी अप्सरा’ बोलको गीत युट्युवमा सार्वजनिक गरिएको हो । गीतमा उदीत नारायण झाले सुरिलो स्वर भरेका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ ।

kismat 2

कार्यकारी निर्माता दिजेन्द्र शाक्य रहेको ‘किस्मत २’लाइ ऋषि लामिछानेले निर्देशन गरेका हुन् । शिल्पा पोखरेल, किशोर खतिवडा र पृथ्वीराज शर्माको केन्द्रिय भूमिका रहेको फिल्म असोज २१ मा रिलिज हुनेछ । २०६४ सालमा पर्दशनमा आएको हिट फिल्म ‘किस्मत’मा रेखा थापा, बिराज भट्ट र आर्यन सिग्देलको प्रमुख भूमिका थियो । उसो त अहिलेका स्टार नायक आर्यन सिग्देलको किस्मत चम्काउने पहिलो फिल्म नै ‘किस्मत’ थियो ।

 

प्रतिक्रिया दिनुहोस्