कुमारी घर र ‘गाजलु’ फिल्मको विवाद निष्कर्षमा, रुचाइयो फिल्मलाई



रंग खबर,काठमाडौँ | ‘गाजलु’ फिल्मले उठाएको बिषय र फिल्म भित्र समाबेश दृश्य प्रति कुमारी घरले आपत्ति जनाएको थियो | तर ‘गाजलु’ फिल्म युनिटले भने यसको खण्डन गर्दै आएको थियो । विवाद साम्य नभएपछि ‘गाजलु’ युनिटले अन्तत कुमारीका पदाधिकारीहरुलाई फिल्म देखाएर समस्याको समाधान गरेको छ ।

gajalu new poster

बुधबार डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र फिल्म पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया दिएका छन् । सेन्सरबाट सबैले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट पाएको ‘गाजलु’ अन्तत कुमारी घरबाट पनि पास भएको छ ।

gajalu new

जेठ २८ बाट रिलिज हुने ‘गाजलु’मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायत अभिनयमा छन् । फिल्मलाई रोहित अधिकारीले निर्माण र हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्मको बिहिबार राजधानीमा भव्य रेड कार्पेट प्रिमियर हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्