प्रिमिएरमा मिश्रीत प्रतिक्रिया पाएको ‘गाजलु’ आजबाट पर्दशनमा



रंग खबर, काठमाडौँ | युवास्टार अनमोल केसी र पुर्वमिस नेपाल सृष्टि श्रेष्ठ स्टारर ‘गाजलु’ आजदेखि अलनेपाल पर्दशन भएको छ । हेमराज बिसीले निर्देशन गरेको फिल्मले पुर्वकुमारी र फ्रेण्डसिपको कथा पेस गर्छ । फिल्ममा अनमोल र सृष्टि संगै सलोन बस्नेत, मेनुका प्रधान, गौरब पहारी, गौरी मल्ल, ऋतिक शाही लगाएतका कलाकारले अभिनय गरेका ।

13389167_866636083446660_519912187_o

 

रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्मित ‘गाजलु’मा रोहित अधिकारीको लगानी रहेको छ । फिल्ममा हर्कुलस बस्नेतको संगीत र कालीप्रसाद बास्कोटाको संगीत र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ । पर्दशनको अघिल्नो दिन गरिएको प्रिमिएरमा राम्रै प्रतिक्रिया पाएको ‘गाजलु’ यो बर्षको प्रतिक्षित फिल्म हो ।

13441758_866636056779996_793980739_o

प्रतिक्रिया दिनुहोस्