राजु गिरीले चोरे भन्साली प्रोडक्सनको लोगो | किन चोर्छन सधैं ?



रंग खबर, काठमाडौँ | राजु गिरि अर्थात् धेरै चोरी गर्ने निर्देशक भन्दा फरक नपर्ला । यस्तै भन्न बाध्य बनाउछन उनले गरेका फिल्मी क्रियाकलापले । कहिले फिल्मको कथा, कहिले पोस्टर, गित अनि अहिले आएर उनले बलिउडको संजयलिला भन्सालीको चर्चित र ठुलो ब्यानर ‘भन्साली प्रोडक्सन’को लोगो समेत हुबहु कपि गरेका छन् । ‘भन्साली प्रोडक्सन’ बलिउडको राम्रा फिल्म बनाउने ब्यानर मध्यको एक हो र राजु गिरि नेपालमा बढी अश्लिल फिल्म बनाउने निर्देशकको मध्यका एक हुन् । ‘भन्साली प्रोडक्सन’ले ‘देवदास, ब्ल्याक, राम-लीला, सावरिया, बजिराव मस्तानी, हम दिल दे चुके सनम लगाएतका सदाबहार फिल्म बनाएको छ ।

raju giri copy logo of bhansali production

राजु आफुले बनाएको फिल्मको पोष्टर पनि आफै सिर्जना गर्न सक्दैनन् । आफ्नो कम्पनीको लोगो पनि हुबहु अरुकै  चोरे । उनका फिल्महरु पनि पुरै हिन्दी फिल्मबाट प्रभावित पाइन्छन् । यसरी किन सधैं चोर्छन् राजु गिरी ? के उनीसँग आफ्नो सिर्जना छैन् ? सिर्जना छैन् भने उनी निर्देशक कसरी ?

bindaas2-poster-stealing

जो सिर्जनशिल छैन, उ निर्देशक कसरी हुनसक्छ ? मनोरञ्जनवृत्तमा राजुलाई प्रश्न गर्न थालिएको छ ।

e548a7295d6a3218cb8489809a12b1c8_L

 

यो पनि हेर्नुस राजु गिरिले हुबहु कपि गरेको बलिउडको ‘किक’ फिल्मको ‘जुम्मे कि रात’ गीतको डान्स स्टेप

 

प्रतिक्रिया दिनुहोस्