लगातार चार फिल्म हिट दिएका अनमोलको रेट अब २० लाख



रंग खबर,काठमाडौँ | अनमोल अब साचिकै अनमोल भएका छन । अब उनलाई फिल्म सानातिना बजेटका फिल्म बनाउने निर्माताले फिल्ममा लिनसक्ने छैनन् । अहिलेका सर्वाधिक स्टारडम भएका नायक अनमोलको रेट अब २० लाख पुगेको छ । अनमोलले आफ्नो पाँचौ फिल्म ‘कृ’को लागि यति महँगो रकम लिएका हुन् । नेपाली कुनै कुनै फिल्म २० लाखको बजेटमा पनि निर्माण हुन्छन । भने अनमोलको अकासिएको भाउ २० लाख भएको छ । पछिल्लो फिल्म ‘गाजलु’मा १० लाख लिएर सर्वाधिक महंगा नेपाली नायक बनेका अनमोल आफ्नो व्यक्तिगत रेकर्डलाइ तोड्दै पारिश्रमिक दोब्बर पारेका हुन् । पहिलो फिल्म खेल्दाखेरि १ लाखको हारहारीमा रकम लिएका अनमोलको स्टारडमका कारण पाँचौ फिल्मसम्म आइपुग्दा २० लाख पुगेको हो । अनमोलका प्रत्येक फिल्मले बक्स अफिसमा करोडौ कमाउने गरेका छन । यो साता पर्दशनमा आएको ‘गाजलु’ले दुइ दिन मै डेढ करोडको व्यापार गरेको छ ।

anmol

अनमोल पिता भुवन केसी र सुवास गिरीले बनाउने फिल्मका लागि अनमोल २० लाखमा अनुबन्धित भएका हुन् । द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा बन्ने फिल्म ‘कृ’ मा अनमोलले मुख्य भूमिका निर्वाह गर्नेछन । त्यसका लागि ६ महिना अनमोलले रिहर्सल गर्नु पर्नेछ । एक्सन लभस्टोरी फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्