पुष्पललाई लिएर तुलसी घिमिरेले सुरु गरे ‘दर्पण छायाँ २’ (भिडियोसहित)



रंग खबर, काठमाडौँ | पछिल्नो समय नेपाली फिल्ममा सिक्वेल बन्ने परम्परा हाबी भएको छ । र यहि परम्परालाइ पछ्याउदै निर्देशक तुलसी घिमिरेले सुपरहिट फिल्म ‘दर्पण छायाँ’को सिक्वेल बनाउने भएका छन् । सोमबार राजधानीमा एक कार्यक्रमका बीच ‘दर्पण छायाँ २’को शुभ-मुहूर्त गरियो । ‘दर्पण छायाँ’मा निरुता सिंहलाइ सोलो हिरोइनको रुपमा काम गराएका घिमिरेले सिक्वेलमा भने मोडेल पुष्पल खड्कालाइ सोलो हिरोको रुपमा भित्र्याएका छन् ।

darpan-chhayan2-in2

करिब १६ बर्ष पहिले पर्दशन भएको फिल्म ‘दर्पण छायाँ’मा निरुता सिंह, दिलिप राइमाझि र उत्तम प्रधानको मुख्य भूमिका थियो । तर सिक्वेलमा नव कलाकार पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका रहनेछ । केहि छायांकन अमेरिकामा सिद्याइसकेको फिल्म ‘दर्पण छायाँ २’लाइ पहिलो पटक खप्तडमा खिचिदैछ । फिल्ममा सरोज खनाल, शेर बहादुर ,सुमन घिमिरे ,जिवन आचार्य लगायतका कलाकारले पनि अभिनय गर्नेछन ।

DarpanChaya

निक्कै आकर्षक ढंगले शुभ-मुहूर्त गरिएको फिल्ममा डा.लोप्साङ लामाको प्रस्तुती रहने छ, भने सवु गदाल कार्की र रवि कार्की निर्माताको रुपमा रहनेछन् । शिव ढकाल र रामेश्वर कार्कीले खिच्ने फिल्मको कथा निर्देशक स्वयम् ले लेखेका हुन् | फिल्ममा रंजित गजमेरको संगीत रहेको छ ।
हेर्नुहोस् शुभ-मुहूर्तलाइ भिडियोमा:-

                                      

प्रतिक्रिया दिनुहोस्