अक्षय कुमारलाई फाप्यो बर्ष २०१६| लगातार २ फिल्म १०० करोड क्लबमा



रंग खबर,काठमाडौँ | अभिनेता अक्षय् कुमारका लागि २०१६ अन्य बर्षको तुलनामा बढी फापेको छ । पछिल्नो समय बलिउडमा बार्षिक सर्वाधिक फिल्म अक्षय् कुमारका रिलिज हुने गरेका छन् । हुनत अक्षय् कुमारलाई लक्की अभिनेताको रुपमा पनि चिन्ने गरिन्छ । बर्षमा २-३ वटा फ्लप फिल्म दिएपनि अक्षयलाई लिएर फिल्म बनाउनेको कमि छैन । बर्षमा २-४ वटा फिल्मको कलेक्सन जोडेरै भएपनि सर्वाधिक कमाउने टप ३ अभिनेताको लिस्टमा पर्ने गर्दछन ।

Airlift-Hindi-Movie-Poster

तर यो साल अक्षय् कुमारको हकमा गएका बर्षको जस्तो भएन । बर्षकै सुरुमा प्रदशनमा आएको ‘ऐरलिफ्ट’ले बक्स अफिसमा अहिले सम्मकै सर्वाधिक कलेक्सन गरेर अक्षय् कुमारको फ्लप फिल्मको बाटोमा ब्रेक लगाइदिएको छ । बक्स अफिसमा करिब १२८ करोडको कलेक्सन गरेको ‘ऐरलिफ्ट’ अक्षय् कुमारको चौथो १०० करोड कमाउने फिल्म बन्न पुग्यो । यति मात्र होइन ‘ऐरलिफ्ट’ले क्रिटिक्सबाट पनि सुखद समिक्षा पायो । यस्तै एक हप्ता अगाडी पर्दशनमा आएको फिल्म ‘हाउसफुल ३’ले पनि राम्रो कलेक्सन गर्दै १०० करोड क्लबको दौडमा रहेको छ । १२ दिनमा फिल्मले ९९.६५ करोडको कलेक्सन गरेको छ । १०० करोड क्लब भन्दा मात्र ३५ लाखले पछाडी रहेको ‘हाउसफुल ३’ अघिल्नो दिनको कलेक्सन संगै १०० करोड क्लबमा समाबेश हुने यो बर्षकै दोस्रो हुनेछ  ।

3561_1461328842_Housefull-3-1

यति मात्र होइन अक्षय् कुमार अभिनित ‘रुस्टम’पनि यहि साल १२ अगस्तमा रिलिज हुनेछ । ‘ऐरलिफ्ट’ र ‘हाउसफुल ३’को बक्स अफिसको असर ‘रुस्टम’मा पनि पर्ने देखिन्छ । इलीयाना डी क्रुस, इशा गुप्ता र अक्षय् कुमार अभिनित ‘रुस्टम’लाइ यो सालको बलिउडको प्रतिक्षित् फिल्मको रुपमा हेरिएको छ  ।

rustom-1

प्रतिक्रिया दिनुहोस्