पशुपति, मुगु पछी असनको कथामा ‘जात्रा’ बन्ने (फस्टलुक पोस्टर)



रंग खबर, काठमाडौँ | नेपाली फिल्ममा अहिले नेपाली मौलिक कथामा फिल्म बन्ने लहर चल्न थालेको छ । पछिल्नो समय पशुपति क्षेत्र परिसरमा रहेर ‘पशुपति प्रसाद’ निर्माण गरियो । फिल्मले तारिफ संगै बक्स अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल भयो । त्यसपछि पर्दशनमा आएको ‘कालो पोथी’ पनि मुगुका दुई बालकहरुको मित्रतामा बन्यो । यो फिल्मले पनि खुबै तारिफ पाउदै, बक्स अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल भयो । अब पनि स्थानीय परिबेसको कथा फेरी पर्दामा उतार्ने जमर्कोका साथ ‘जात्रा’ बनाउने भएका छन् रविन्द्र सिंह बानियाँले । यिनै रविन्द्र सिंह बानियाँले यो भन्दा पहिले ‘टलक् जंग भर्सेस टुल्के’ निर्माण गरेर दर्शकको मन जितिसकेका छन् । ‘जात्रा’ काठमाडौँको असनका गल्लीका तिन पसलेका कथामा निर्माण गरिनेछ । उसो त रविन्द्र सिंह बानियाँले फिल्म ‘पशुपति प्रसाद’मा हनुमानको रोल गरेका थिए ।

13453198_1059273520829530_1451873401_o

षट्कोण आर्टस प्रालीको ब्यानरमा निर्माण हुने फिल्ममा बाँनियासंगै यादव पौडेल र सिङ्गे लामाले लगानी गर्नेछन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मको यही असार ५ गतेबाट छायाँकन सुरु हुनेछ ।  फिल्ममा निर्माता बानियाँ सँगै विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्की लगाएतका कलाकारले अभिनय गर्नेछन् । फिल्म ‘जात्रा’ को मुख्य विषय अभावका बिच खुसीमा रमाइरहेका तीन पसलेहरुको जीन्दगीमा अकास्मत खस्ने समस्यारुपी ढुंगा र घटना पश्चात उत्पन्न हुने परिस्थिति नै फिल्मको हुनेछ । ‘जात्रा’ को प्रदर्शन मिति कात्तिक १९ लाई तोकिएको छ । दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहने ‘जात्रा’ फिल्मलाई मुख्यतः असन इन्द्रचोक लगायत काठमाण्डौं विभिन्न ठाउँमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्