‘ड्रिम्स’ हिरोईन ‘ए मेरो हजुर २’मा अनुबन्धित| झरना थापाले गर्नेछिन् निर्देशन



रंग खबर, काठमाडौँ | हिट फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा धमाकेदार इन्ट्री गरेकी हिरोइन साम्राज्ञ्यलक्ष्मी शाह दोस्रो फिल्मको लागि अनुबन्धित भएकी छिन । झरना थापाको डेब्यु निर्देशनमा बन्ने ‘ए मेरो हजुर २’का लागि साम्राज्ञ्यलक्ष्मी शाह फाइनल भएकी हुन् । यो भन्दा पहिले फिल्मका लागि नजिर हुसैन र बुद्धि तामाङ तय भैसकेका छन् | तर साम्राज्ञ्यलक्ष्मी शाहलाइ कति पारिश्रमिकमा अनुबन्धित गरियो भन्ने कुरा सार्वजनिक गरिएको छैन । निर्मात्री झरना थापाका अनुसार साम्राज्ञ्यलक्ष्मी शाहलाइ चित्तबुझ्दो पारिश्रमिकमा फाइनल गरिएको बताएकी छिन ।

jharana and samragyi

फिल्ममा झरना थापा संगै पति सुनिलकुमार थापाको पनि लगानी रहनेछ । २ बर्ष अगाडीनै निर्माण घोषणा गरिएको ‘ए मेरो हजुर २’ कलाकार छनोटका कारण अहिले सम्म छायांकनमा जना सकेको थिएन । अन्य कलाकार फाइनल भैनसकेको फिल्मलाइ साउन दोस्रो सातादेखि छायांकन गरिने निर्माण युनिटले बताएको छ। एसके थापा प्रोडक्सनको प्रस्तुतीमा बन्ने फिल्मलाइ पोखरा, काठमाडौँ र मनाङमा गरिने बताइएको छ । ‘ए मेरो हजुर’ २०६० को दशकमा पर्दशनमा आएको हिट फिल्म थियो । स्व: शिव रेग्मी निर्देशित फिल्ममा स्व: अभिनेता श्रीकृष्ण श्रेष्ठ र झरना थापाको मुख्य भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्