असार पहिलो साता दरबारमार्गमा नेपाली हिरोइनहरुको क्याटवाक



रंग खबर, काठमाडौँ | नेपाली हिरोइनहरु असार ४ मा दरबारमार्गमा आयोजना हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’ फेसन सोमा उत्रिने भएका छन् । दरबारमार्ग स्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा उक्त फेसन सो आयोजना गर्न लागिएको हो । नायिका प्रियंका कार्की, मलिना जोशी र माला लिम्बु सो स्टपर हुनेछन ।

mala-priyanka-malina

आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले शुभारम्भ गर्ने गर्ने उक्त फेसन सोमा संगीत, फेसन र नृत्यको फ्युजन रहने छ । कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेको पहिरणमा र्याम्पको शो नाप्नेछन् । मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङको रहनेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । धरानको हाम्रो डान्स घरले समसामयिक नृत्य प्रस्तुत गर्नेछ । साँझमा संगीत पनि महत्वपूर्ण आकर्षणको रुपमा रहने भिक्ट्रीकी कार्यकारी निर्देशक निरु जोशीले जानकारी गराइन् । कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीत सुनाउनेछन् । बेलुकी ७ बजेबाट सुरु हुने कार्यक्रममा सहभागीले डिजेको संगीतमा पनि रम्न पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्