सुनिल थापाको अध्यक्षतामा ‘एभरेष्ट फिल्म एकेडेमी’ | जहाँ नेपाली सेलेब्रेटी दिनेछन शिक्षा



रंग खबर, काठमाडौँ | अभिनेता सुनिल थापाको अध्यक्षतामा ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ  । जहाँ फिल्म सम्बन्धि बिषयमा पढाई हुनेछ । मिनभवनमा संचालनमा ल्याइएको उक्त एकेडेमीको उद्घाटन सूचना तथा संचारमन्त्रि शेरधन राइले गरे । असार एक गते देखि भर्ना खुलाइएको यस एकेडेमीमा फिल्म निर्देशन, अभिनय, नृत्य, छायांकन र सम्पादन ‘भीएफएक्स’ को कोर्ष गराइनेछ ।

everest-academy

उज्जल घिमिरे डाइरेक्टर रहेको एकेडेमीमा गेहेन्द्र धिमाल, छविराज ओझा,मिथिला शर्मा, दिपकराज गिरि र बाबुराम ढकाल सल्लाहकार समितिमा रहेका छन् | एकेडेमीमा प्रशासनिय निर्देशकको रुपमा ज्योत्सलराज भण्डारी र मार्केटिंग निर्देशकको रुपमा बिशाल श्रेष्ठ आवद्द रहेका छन् ।

अध्यक्ष थापाले यस एकेडेमीबाट दक्ष र गर्व गर्न लायक विद्यार्थी उत्पादन गर्ने बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हामी यहाँ सकारात्मक शिक्षा दिन्छौं ।’ यस्तै एकेडेमीका सीइओ प्रकाश पुरीले फिल्म क्षेत्रमा पढेर आएका व्यक्तिहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । ‘तीन वर्ष लामो मिहिनेत पछि यो एकेडेमी संचालनमा आएको हो’ उनले भने ।

‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्वल घिमिरेको टिम छ । यस्तै अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई (नृत्य), चन्द्र पन्त (फाईट) र टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् । दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ ।

 

प्रतिक्रिया दिनुहोस्