दुबै आँखाको ज्योती गुमाएकी श्रृष्टीको कथामा फिल्म ‘ब्लाइन्ड रक्स’ बन्ने



रंग खबर, काठमाण्डौं । १६ बर्षको उमेरमा दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर फिल्म बन्ने भएको छ । ‘ब्लाइन्ड रक्स’ नाम राखिएको फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले यसअघि एक्सन फिल्म ‘हँसिया’ निर्देशन गरेका थिए भने ‘विर विक्रम’ प्रर्दशनको तयारीमा छ ।
nepali film blind rocksचाम्स इन्टरटेन्मेन्ट र एन फिल्मस् एन्ड क्रियशनको ब्यानरको प्रस्तुती रहने फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमका विच औपचारिक निर्माणको घोषणा गरिएको थियो । कार्यक्रममा श्रृष्टीले आफूमाथि नै फिल्म बन्न लागेकोमा खुशी व्यक्त गरिन् । यो बायोपिक फिल्ममा निकेश लिम्बुले लगानी गर्नेछन् । श्रृष्टिको भूमिकामा अभिनेत्रीा बेनिशा हमाल प्रस्तुत हुँदैछिन् । प्रेसमिटमा बेनिशाले श्रृष्टिको भूमिकालाई न्याय गर्ने वचन दिइन् । ‘यस प्रकारको भूमिका गर्ने हरेक कलाकारको सपना हुन्छ,’ उनले भनिन्, ‘मेरो सपना पूरा भएको छ । भूमिकालाई शत प्रतिशत न्याय गर्ने कोशिस गर्नेछु ।’ फिल्ममा अर्पण थापा, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राना र दिपक गुरुङ पनि प्रमुख भुमिकामा रहनेछन् । फिल्मको छायाँकन नेपाल र भारतमा हुनेछ ।
naajir husenयम थापाको कथा रहेको फिल्ममा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत रहनेछ भने रामकुमार केसीको सिनेम्याटोग्राफी रहनेछ । कविराज गहतराज नृत्य निर्देशक हुन् । फिल्मको सम्पादन अर्जुन जीसीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्