सुन्तलीलाई यसरी भगाउदैछन् झिल्के | लाउरे बन्दैछन् भिलेन (हेर्नुस् ट्रेलर)



रंग खबर, काठमाण्डौं । ऋषिराज आचार्य निर्र्देशकिय फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ साउन २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माण पक्षले फिल्मको ट्रेलर देखाउँदै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
suntalilai bhagai lagyo jhilke leफिल्मको निर्माण र लेखन पनि निर्देशक आचार्य स्वयम्को हो । ‘यो फिल्मका पात्र र कथा तपाई हाम्रै वरिपरिका हुन्,’ कार्यक्रममा निर्देशक आचार्यले भने, ‘त्यसैले दर्शकले आफ्नै कथा सम्झेर फिल्म रुचाउनुहुनेछ भन्ने आशा लिएको छु ।’ फिल्ममा बलियो सामाजिक सन्देश रहेको निर्देशक आचार्यको दाबी छ ।

यो फिल्ममा सुशिल सिटौला ‘झिल्के’ र सुरजनी केसी ‘सुन्तली’को भुमिकामा देखिएका छन् । ट्रेलर हेर्दा फिल्म सुन्तलीलाई भगाउनका लागि झिल्केले गरेको संघर्षको कथा जस्तो लाग्छ । ‘लाहुरे’को भुमिकामा देखिएका शिशिर भण्डारी फिल्ममा झिल्के र सुन्तलीविचको प्रेममा भिलेन देखिएका छन् । फिल्ममा सुशान्त कार्की, रिजा भूषाल सुशिल पोखरेल आदि कलाकारको समेत अभिनय रहेको छ । सुन्तलीलाई झिल्केले कसरी भगाउँछन् ? त्यसका लागि फिल्म रिलिज मिती नै कुर्नुपर्नेछ ।
अहिलेलाई ट्रेलर हेर्नुहोस् :-

गीत पनि हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्