दिपक र प्रियंकाको हिलोमा मस्ती, गराउनेचाँही दिपाश्री (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । दिउँसो दुईबजेको टन्टलापुर घाम । खेतमा करिब दर्जन जति रोपार र केही जोतार । हास्यअभिनेता दिपकराज गिरी कोदालोले खेत खन्दै थिए, अभिनेत्री प्रियंका कार्की धान रोप्दै थिइन् । दुवै मिलिजुली रोपाईमा संलग्न देखिन्थे । कहिले दिपक प्रियंकालाई हिलो छ्याप्थे त कहिले प्रियंका दिपकको गालामा लगाइदिन्थिन् ।
deepak raj giriआईतवार ललितपुर, भैँसेपाटी चोक नजिकैको खेतमा देखिएको दृश्य हो यो । दृश्य निकै लोभलाग्दो र रमाइलो थियो । दिपक र प्रियंकालाई यसरी हिलोमा मस्ती गराइरहेकी थिइन् हास्यअभिनेत्री दिपाश्री निरौला ।

तर, आफ्नो हास्यजोडीलाई दिपाले अर्कैसँग रोमान्स गराईन् भन्दा अचम्म नमान्नुस् । रियल लाईफमा नभएर आफुले पहिलोपल्ट निर्देशन गर्दै गरेको फिल्म ‘६क्का ५न्जा’को एक गीतका लागि मात्र उनले यस्तो अभिनय गराएकी हुन् ।
dipak priyanka karki‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ ’बोलको सुदुरपश्चिमेली भाकाको उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका थिए । यो फिल्मको एउटा गीत ‘पुर्व पश्चिम रेल’ दर्शकले अत्याधिक रुचाइरहेका छन् । फिल्ममा जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकार समेत प्रमुख भुमिकामा रहेका छन् । फिल्मको प्रर्दशन मिती भदौ २४ गतेलाई तोकिएको छ ।
तस्बिरहरु : कमल प्रसाईं
deepashree niraula
priyanka karki
dipak
deepak raj giri and priyanka karki
chakka panja

प्रतिक्रिया दिनुहोस्