अनमोल केसी निर्माता रहेको ‘म ति तिम्रै हुँ’को नयाँ गीत सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । छोरा अनमोल केसीलाई निर्माता बनाएर अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ को दोश्रो गीत रिलिज भएको छ । हर्कुलस बस्नेतको संगीत रहेको यस गीतमा अल्मोडा राना र सन्जिमाको स्वर रहेको छ । शब्द संगीतकार बस्नेतकै हो । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रस्तुतकर्ता केसी बाहेक फिल्मका सबै कलाकारहरु छन् ।
ma ta timrai hoonयो फिल्ममा आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का, अर्जुन खड्का र सुशील काफ्ले आदि कलाकारले अभिनय गरेका छन् । श्रीराम महतले निर्देशन गरेको यो फिल्म साउन ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रेम कथामा आधारित रहेको यो फिल्मको प्रचार प्रसारमा सुस्मिताजोडतोडका साथ लागिपरेकी छिन् ।
हेर्नुस्  गीत :-

प्रतिक्रिया दिनुहोस्