राजेशपायलको ‘आज त क्या ब्युटी’मा रजनीको यस्तो डान्स (भिडियो)



रंग खबर, काठमाण्डौं । रंग पत्रकार लक्ष्मण सुवेदीले निर्माण र निर्देशन गरेको फिल्म ‘लालजोडी’को ‘आज त क्या ब्युटी भाकी छौं’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक राजेशपायल राई र मनिषा पोखरेलले स्वर दिएका छन् ।

दिनेश सुवेदीले लेखेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् । गीतमा अभिनेत्री रजनी केसी र आयुष्मा कार्कीको ज्योती काफ्लेसँग रोमान्स देख्न सकिन्छ । ज्योती चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा नक्कली बाबुरामको भुमिका निर्वाह गर्छन् । यो फिल्मबाट उनी रोमान्टिक हिरोको रुपमा देखापरेको बताए ।

कमेडी जनरामा बनेको यो फिल्ममा बुद्धि तामाङ, पुृरन थापा, किशोर भण्डारी आदि कलाकारले समेत अभिनय गरेका छन् । ‘फिल्म कस्तो बनेको छ ? त्यो त म भन्दिन्, पछि दर्शकले भन्ने कुरा हो । तर, दर्शकले हलबाट निस्केपछि ‘छ्या’चाँही भन्दैनन् भन्नेमा ढुक्क छु,’ फिल्मबारे निर्देशक सुवेदीले भने । उनले फिल्म पुर्ण मनोरञ्जनात्मक बनेको बताए । फिल्म भदौ १७ गतेबाट देशव्यापी प्रर्दशनमा आउँदैछ ।

अहिलेलाई गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्