‘पशुपतिप्रसाद’लाई तीन विधामा राष्ट्रिय पुरस्कार |दयाहाङको ‘ह्याट्रिक’



अप्सरा थापा, काठमाण्डौं । वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललाई ‘चलचित्र दीर्घ साधना सम्मान–२०७२’बाट सम्मानित गरिएको छ । बिहिबार राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
basundhara bhusalउनलाई राष्ट्रपती विद्यादेवी भण्डारीको हातबाट तीन लाख एकाउन्न हजार एक सय एघार रुपैँयाको पुरस्कार राशीसहित प्रदान गरिएको थियो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईसमेत पुृरस्कार वितरणमा सहभागी थिए ।

यसैगरी यो वर्षको सर्वोत्कृष्ट अभिनेताको उपाधी फिल्म ‘कबड्डी कबड्डी’बाट हात पारे । यो सँगै उनको राष्ट्रिय पुरस्कारमा ह्याट्रिक भएको छ । अघिल्लो वर्ष फिल्म ‘सम्बोधन’बाट पनि उत्कृष्ट अभिनेताकै अवार्ड थापेका दयाहाङले २०६६ सालमा ‘दासढुङ्गा’बाट सहअभिनेताको अवार्ड जितेका थिए । यता फिल्म ‘क्लासिक’बाट अभिनेत्री नम्रता श्रेष्ठले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् ।
dayahang raiत्यसैगरी फिल्म अघिल्लो वर्ष समिक्षक र दर्शकबाट दुवैबाट राम्रो प्रतिक्रिया मिलेको फिल्म ‘पशुपतिप्रसाद’ ले तीन विधामा अवार्ड पायो । उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड पाएको हो । उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के. खनालले थापे भने फिल्म र पटकथाको अवार्ड खगेन्द्र लामिछानेको अनुपस्थितीमा श्रीमती रोजी सिटौलले लिइन् ।
namrata shresthaत्यस्तै, उत्कृष्ट सम्पादनमा सुरेन्द्र पौडेलले फिल्म ‘क्लासिक’बाट पुरस्कार प्राप्त गरे । उत्कृष्ट छायांकनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र संजय लामाले अवार्ड लिए । यस्तै, उत्कृष्ट आदिवासी चलचित्रमा ‘इम्पो देउराली’ले पुरस्कार प्राप्त गर्यो । फिल्म ‘ड्रिम्स’ बाट जुरीको तर्फबाट नव–निर्देशकको चुनिएका भुवन केसीको पुरस्कार उनका पिताले ग्रहण गरे । नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा चलचित्र विकास बोर्डले प्रत्येक वर्ष यो राष्ट्रिय पुरस्कार वितरण गर्दै आइरहेको छ ।

group
sushil paudel

प्रतिक्रिया दिनुहोस्