यस्तो छ दिपेन्द्र खनाल निर्देशित ‘चपली हाईट–२’को ट्रेलर



रंग खबर, काठमाण्डौं । निर्देशनमा सधैं केही नयाँ गरेर फरक निर्देशकको छवि बनाएका दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘चपली हाईट २’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित क्युज सिनेमामा बिहिबार एक कार्यक्रमविच फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।
chapli heightअर्जुन कुमार श्रेष्ठ निर्मित यो फिल्मको ट्रेलरमा लभ, रोमान्स, धोका र त्रासलाई महसुश गर्न सकिन्छ । आधुनिक युवा पुस्ताको दैनिकीलाई देखाउन खोजिएको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख कलाकार आयुष्मान जोशी, मरिस्का पोखरेल र पारमिताराज्य लक्ष्मी राणा ‘हाईलाइट’ भएका छन् ।

निर्माता स्वयमको संगीत रहेको फिल्मको सिनेम्याटोग्राफर निरज कंडेल हुन् । भदौ २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सुपरहिट फिल्म ‘चपली हाईट’को सिक्वेल हो । ‘चपली हाईट’ यौन मनोविज्ञानमा आधारित फिल्म थियो ।
हेर्नुस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्