कान्छा निर्देशकको दोस्रो फिल्म ‘हैरान’ घोषणा | फिल्मका लागि नयाँ प्रतिभा ‘बालिका’को खोजि



रंग खबर,काठमाडौँ । विश्वका कान्छा निर्देशकको उपमा पाएका सौगात विष्टले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् | ८ बर्षकै उमेरमा ‘लव यु बाबा’ नामक फिल्म निर्माण गरेर चर्चामा आएका सौगातले अब ‘हैरान’ नामक फिल्म निर्देशन गर्नेछन । ‘हैरान’को राजधानीस्थित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।

saugaat bishta

कार्यक्रममा बोल्दै सौगातले आफुले दुई तिन बर्षको अन्तरालमा फिल्म बनाइरहने र आफ्नो पढाईलाइ पनि बाधा नपुर्याउने बताए । आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेशा तथा वर्गमा व्याक्तिहरुले खेपिरहेको हैरानीको कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निर्माण युनिटले बताएको छ।

13567147_527985134062761_8720473370052427113_n

फिल्ममा निर्देशक पिता गजित बिष्ट, निश्मा घिमिरे, पुस्कर रेग्मी, सलोन बस्नेत, शिशिर भण्डारी, गायक सत्यराज आचार्य, निर्मल शर्मा, नारायण घिमिरे, ओसिन रजा र आँचल शर्माले अभिनय गर्नेछन । र फिल्मको लागि मुख्य कलाकारका रुपमा भने एक जना बाल कलाकारको खोजि भैरहको निर्माण युनिटले बताएको छ । जसका लागि ‘हैरान’ युनिटले छिट्टै नै देशभर अडिशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्