अशोकको गीतमा रीमाको यस्तो अभिनय (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । नेपालमा अधिकांश अभिनेत्री बिहेपछि फिल्म क्षेत्रबाट टाढिन्छन्, अभिनयलाई विश्राम दिन्छन् । झन, एनआरएनसँग बिहे गरेकाहरू त विदेशै भासिन्छन् । तर, अभिनेत्री रीमा विश्वकर्मा यो मामिलामा फरक देखिएकी छिन् । बेलायतमा बस्दै आएका प्रेमीसँग बिहे गरेपछि पनि उनै यतै सक्रिय छिन् । म्युजिक भिडियोमा त उनको व्यस्तता दिनप्रतिदिन बढीरहेको छ ।
reema biswokarmaहालै उनले गायक अशोक मुकारुङको ‘झुल्केको घाम’ बोलको गीतमा अभिनय गरेकी छिन् । उनीसँगै मोडल योगेन्द्र राई देखिएका छन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा क्रिएटिभ मानिएका विज्ञान राईले यो गीतको भिडियो बनाएका हुन् । भिडियोमा उनले रीमा र योगेन्द्रको प्रेम र विछोडको कथालाई पाँच मिनेटको गीतमा निकै कलात्मक ढंगले देखाउन खोजेका छन् । बसन्त मुकारुङले संगित भरेका यो गीतको शब्द गौरव गुरुङले कोरेका हुन् । भिडियोको सम्पादन पनि निर्देशक राईले नै गरेका हुन् । गीतमा नयापनका साथ भिएफएक्स गरिएका उनले बताए । भिडियोलाई हरि हुमागाईले खिचेका हुन् ।

गीतको भिडियोमा रीमा एक्लै टोलाउछिन् । तस्बिर हेरर बसिरहन्छिन् । घरीघरी सुकसुकाउछिन् । तर, किन ? त्यसका लागि भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्