ऋचाको १ लाख सहयोगसंगै गिरान्चौर सहयोग संकलन स्थगित



रंग खबर, काठमाडौँ | ०७२ बैशाख १२ भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक स्थित गिरान्चौर नमुना बस्ति निर्माणका लागि नेपाली सेलेब्रेटीहरुको सहयोग बढिरहेको छ । धुर्मुस सुन्तलीले प्रयास गरिरहेको उक्त कामलाइ चौतर्फी सहयोग आइरेहेको छ । त्यस्तैमा नेपाली फिल्म क्षेत्रबाट पनि केहि कलाकारले सहयोग गरिरहेका छन । अभिनयमा अगाडी देखिएकी नायिका ऋचा शर्माले पनि गिरान्चौर नमुना बस्तिको लागि सहयोग गरेकी छिन । बानेश्वर हाइटस्थित धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमा आफ्नो जन्मदिनको अवसर पारेर कुन्जना घिमिरे (सुन्तली)लाई  १ लाखको चेक हस्तान्तरण गरिन ।

reecha-sharma-and-suntali

धुर्मुस सुन्तली फाउण्डेशन नायिका रेखा थापा र नायक राज बल्लभ कोइरालाले पनि सहयोग गरेका थिए । गिरान्चौर नमुना बस्ति निर्माणका लागि ५ करोड रकम लाग्ने अनुमान गरिएको छ । अब बस्ती निर्माणका लागि पूर्व निर्धारीत बजेट पुरा भइसकेकाले सहयोग संकलन कार्य स्थगित गरीएको फाउण्डेशनले जनाएको छ । बस्ती निर्माण गर्दै जाँदा कारणवस लागत वृद्धि भएमा फेरी सहयोगका लागि अपील गर्ने फाउण्डेशनको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्