अनमोल र आकाश प्रतिस्पर्धी नभएको अनमोलको दाबी



रंग खबर,काठमाडौँ | अहिलेका चर्चित नायक अनमोल केसीले नब-नायक आकाश श्रेष्ठ आफ्नो प्रतिस्पर्धी नभएको दाबी गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिडिया सामु बोल्दै अनमोलले भने, ‘मेरो प्रतिस्पर्धी भन्दा पनि आकाशले आफ्नै ठाउँ बनाउँछ । म आउँदा पनि मैंले कसैलाई प्रतिस्पर्धी बनाएको थिइँन् ।’ फिल्ममा आकाशले राम्रो काम गरेकाले भविष्य उज्जल रहेको बताए | साथै आकाशको अभिनय पनि मन परेको बताए  ।

anmol and aakash

अनमोल केसीको ब्यानरमा सुस्मिता केसी निर्मित ‘म त तिम्रै हुँ’मा आकाश श्रेष्ठले मुख्य भूमिका निभाएका छन् । फिल्ममा आकाश संगै जोत्सना योगी जीवन भट्टराई, अनुपम श्रेष्ठ र सुस्मिता केसी स्वयम् ले अभिनय गरेका छन । श्रीराम महत निर्देशित ‘म त तिम्रै हुँ’ यहि शुक्रबार अर्थात् साउन ७ गते देखि अलनेपाल प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्