मिनी नेपालमा हुनेछ चौंथो इनास नेपाली फिल्म अवार्ड



रंग खबर, काठमाडौँ | चौंथो इनास नेपाली फिल्म अवार्ड मिनी नेपाल अर्थात् नेपाली नागरिकको बाहुल्यता रहेको सिक्किममा हुने भएको । सोमबार एक समारोहका बीच अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले चौंथो संस्करणको घोषणा गर्दै अवार्डका बारेमा जानकारी दियो ।

Cap

कार्तिक तेस्रो साता तिर आयोजना गरिने अवार्ड समारोह अविस्मरणीय हुने भन्दै इनास नेपालका अध्यक्ष प्रकाश सुवेदीले न भुत हुने न त भविष्य हुने भन्दै फिल्म ‘कोहिनूर’ संगै दाजेका थिए । कोहिनूर फिल्म नेपाली फिल्म नगरीमा एक त्यस्तो फिल्म हो जो भविष्यमा हुने छ न त भुतमा नै थियो भन्दै इनास अवार्ड पनि अहिले सम्म नभएको हुने बताए ।

Captu

अवार्डको चौंथो संस्करणमा कलाकार तथा प्राविधिक पवन चाम्लिङलाई विश्व इनासबाट सम्मान गरिनेछ भने बलिउड फिल्मका चर्चित कलाकार डेनी डेङजोङ्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा पर्यटन मन्त्रि, उत्तम प्रधान, आर्यन सिग्देल, कोमल ओली, दिपाश्री निरौला, दीपकराज गिरि, केकी अधिकारी, बिशाल चामलिंग, छविराज ओझा, लगाएतका फिल्मकर्मी बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्