नवौ अन्तर्राष्ट्रिय नेफ्टा फिल्म अवार्ड पनि विदेशमै | कार्तिक २५ मा हुनेछ आयोजना



रंग खबर,काठमाडौँ | नवौ अन्तर्राष्ट्रिय नेफ्टा फिल्म अवार्ड कार्तिक २५ गते (नोभेम्बर १०) मा हुने भएको छ । चलचित्र प्राबिधिक संघले आयोजना गर्ने अवार्ड यसपाली पनि विदेशमै हुने भएको छ ।

nefta-in

अवार्ड आयोजना मिति सार्वजनिक गरेपनि आयोजना स्थल भने उत्कृष्ट पांच मनोनयन सार्वजनिक गर्दा घोषणा गरिने अध्यक्ष् पुस्कर लामाले बताए । अवार्डमा २०७२ बेशाख १ देखि चैत मसान्तसम्म पर्दशनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्नेछन् । यसका लागि साउन २१ गते सम्म नेफ्टा अवार्ड कार्यालय बागबजारमा दर्ता गराइसक्नु पर्नेछ । यसभन्दा अगाडी मलेसिया, हंगकंग र कतारमा भएको नेफ्टा अवार्ड एसपाली पनि पनि विदेशमै हुनेछ । त्यसका लागि नेपालबाट सय भन्दा बढी कलाकार, प्राबिधिक र पत्रकारलाइ सहभागी गराइने नेफ्टाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्