विश्व रेकर्ड बनाउनलाई अराज केशवले घोषणा गरे जालो र जालो रिटन्र्स



रंग खबर, काठमाडौँ | निर्देशक अराज केशवले विश्व  रेकर्डको लागि एकै चोटी दुई फिल्म जालो र जालो रिटन्र्स निर्माणको घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको बारेमा जानकारी दिदै एकै सटमा ‘वन टेक ओके’मा दुइ ओटा फिल्म खिचेर विश्व रेकर्ड राख्ने बताए ।

जालो riturns

गिनिज वुक अफ् द् वल्र्ड रेकर्डमा नाम लेखाउने गरि कार्य भैरहेको जानकारी दिदै निर्देशक अराजले ७ बर्ष अगाडी देखिको सपना अहिले आएर पुरा हुन् लागेको बताए । ७ बर्ष अगाडी देखि अनुसन्धान गर्दै गर्दा आज आएर विश्वस्थ भएको बताए । ब्याबसायिक रिलिज गर्ने गरि बनाइने दुई फिल्म सस्पेन्स, कमेडी थ्रिलर हुनेछन । फिल्म धनि गिरीको कार्यकारी निर्माणमा मोहित मुनालले निर्माण गर्नेछन् ।

jalo

६ गित समाबेश हुने फिल्ममा रोहित मुनाल र हरि लम्सालको संगीत साथै भुपेन्द्र खड्का र केशवकै शब्द हुनेछ ।  फिल्ममा कलाकारको रुपमा अनुपविक्रम शाही, बर्षा सिवाकोटी, मेनुका प्रधान, आशिफ शाह, भानु प्रताप, प्रकाश श्रेष्ठ, मुक्तराज न्यौपाने, भिष्म जोशी लगायतको अभिनय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्