पाँचवर्षपछि कमब्याक विराजको ‘जय पर्शुराम’मा यस्तो एक्सन( भिडियो)



रंग खबर, काठमाडौँ | नायक बिराज भट्टको कमब्याक रहेको फिल्म ‘जय पर्शुराम’को ट्रेलर रिलिज भएको छ । बुधबार राजधानिमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक संगै फिल्मको रिलिज मिति पक्का गरियो । अब ‘जय पर्शुराम’ पुर्ब निर्धारित मिति साउन २८ मै रिलिज हुनेछ । साउथ इन्डियन शैलीमा निर्मित ‘जय पर्शुराम’मा बिराजलाइ पूर्ण एक्सन भूमिकामा देख्न पाइने छ ।

जय पेशुराम

नेपाली फिल्ममा एक समय राज गरेका बिराज भट्ट पाँच बर्ष पहिले  नेपाली फिल्म छोडेर भोजपुरी फिल्म खेल्न पुगेका थिए । भोजपुरीमा पनि राम्रै पहिचान बनाएका बिराज अन्तत रोज राणाको निर्माण निर्देशनमा बनेको ‘जय पर्शुराम’बाट फेरी नेपाली फिल्ममा फर्किएका हुन् । उसो त फिल्मका निर्माता एवं निर्देशक रोज पनि लामो समयको अन्तराल पछी नेपाली फिल्ममा पुनरागमन गर्दै छन् ।

पर्शुराम

फिल्म ‘जय पर्शुराम’मा बिराजका अलावा निशा अधिकारी र रबिन तामाङले प्रमुख भूमिका निर्वाह गरेका छन् । फिल्ममा एनबी महर्जनको द्वन्द रहेको छ ।

Watch here trailer:-

 

प्रतिक्रिया दिनुहोस्