‘वीर विक्रम’मा दिया र अनुपबिक्रमको स्वच्छ रोमान्स (भिडियोसहित)



रंग खबर, काठमाडौँ | आगामी भदौ ३ गते रिलिज हुने फिल्म ‘विर विक्रम’को दोस्रो गित सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा मल्टिस्टारर  फिल्मको ट्रेलर र गित देखाइयो ।

विर बिक्रम‘नजिक हुदैछु’ बोलको गीतमा अनुपबिक्रम शाही र दिया पुनले रोमान्स गरेका छन् । फ्रेस लोकेशनमा खिचिएको गितका दृश्यहरु लोभलाग्दा देखिन्छन । गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ । रेनशा राईको कोरियोग्राफी रहेको गीतमा ताराप्रकाश लिम्बु र प्रबिशा अधिकारीको स्वर रहेको छ । निर्देशक मिलन चाम्स र अभिनेता दयाहाङ राइले  कार्यक्रममा बोल्दै ‘विर विक्रम’ कुनै पनि फिल्मबाट प्रभावित नभएको बताए । बिल्कुलै अर्गानिक रहेको बताउदै ‘कबड्डी’ जस्तो नभएको पनि बताए । फिल्ममा दयाहाङ राइ, अर्पण थापा, नाजिर हुसेन, अनुपबिक्रम शाही, दिया पुन लगाएतका कलाकारले अभिनय गरेका छन् ।

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्