उमेर झनझन ढल्किदै, पुराना हिरोहरु ‘एक्सन’बाट फर्किदै (भिडियो सहित)



गणेश वली, काठमाडौँ | एक समय नयाँ नायकहरुले मात्र चलिरहेको नेपाली फिल्ममा अब पुराना नायकहरुको पुनरागमन धमाधम भैरहेको छ । पछिल्लो पाँचवर्षयता नेपाली नयाँ नायकहरु आर्यन सिग्देल, जीवन लुइँटेल, सौगात मल्ल, दयाहाङ राइ, अनमोल केसी जस्ता कलाकारले  फिल्म क्षेत्र धानिरहेको अवस्थामा पुराना नायकहरु फेरी जुर्मुराउने प्रयास गरिरहेका छन्  ।

राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट, रमेश उप्रेती, सरोज खनाल  र शिब श्रेष्ठ ‘एक्सन फिल्म’बाट  पछिल्लो समय कमब्याक भएका हिरोहरु हुन् । जसले आफ्नो कमब्याकको हतियार ‘एक्सन फिल्म’लाई बनाएको पाइयो । उमेर झनझन ढल्किँदै जाँदा एक्सनबाट फर्किएका अधिकांशले राम्रो प्रतिभा प्रर्दशन गरेको भने पाँइदैन । त्यसैले कतिपयका फिल्म बक्स अफिसमा नरामोसँग पछारिए ।

जय पेशुराम

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा आर्यन सिग्देल, जीवन लुइँटेल, अनमोल केसी लभर ब्वायका रुपमा उदाएका छन् भने  दयाहाङ राइ, सौगात मल्ल, खगेन्द्र लामिछाने, अर्पण थापा, बुद्धि तामाङ लगायत अभिनय क्षमताका कारण चर्चामा छन् । ।त्यस्तै सलोन बस्नेत, दिपकराज गिरिलगायत कमेडी रोलमा रुचाइएका छन ।

ब्रासलेट

राजेश हमालको कमब्याक फिल्म भनिएको ‘बागमती’मा पनि उनको एक्सन भुमिका थियो ।  एक्सन किङ भनेर चिनिएका अभिनेता शिव श्रेष्ठ पनि सोही फिल्मबाट एक्सन भुमिकासहित कमब्याक भएका थिए ।  तर फिल्मले बक्स अफिसमा केहि गर्न सकेन ।

Watch Here Trailer:-

 

 ‘भैरब’बाट पुनरागमन भएका निखिल उप्रेतीले पनि आफ्नो एक्सन छबीलाइ निरन्तरता दिए । लामो समयको अन्तराल पछी निखिलको एक्सन कमब्याकलाइ दर्शकले रुचाएपछी निखिल अहिले ब्यस्त नायकको सुचिमा पर्दछन ।

Watch Here Trailer:-

 

पुराना एक्सन नायक बिराज भट्ट पनि पाँच बर्षको अन्तरालमा फिल्म ‘जय पर्शुराम’बाट फेरी छाउदैछन् । फिल्ममा विराजलाई पूर्ण एक्सन रुपमा देख्न सकिन्छ ।

Watch Here Trailer:-

 

पुराना लवर ब्वाय नायक रमेश उप्रेती पनि यहि बर्ष फिल्म ‘ब्रासलेट’बाट पुनरागमन गर्दैछन । सार्वजनिक ट्रेलरमा रमेशलाई पनि एक्सन रुपमा देख्न सकिन्छ ।

Watch Here Trailer:-

 

‘प्रेमपिण्ड’ नायक सरोज खनालको कमब्याक रहेको ‘मानव’ पनि एक्सन फिल्म रहेको थियो । जसमा खनाल एक्सन रुपमा देखिएका थिए ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्