‘बृन्दावन’मा शिल्पा आफ्ना मनका कुरा दिपेन्द्रलाइ सुनाउदै (भिडियो सहित)



रंग खबर, काठमाडौँ | फिल्म ‘बृन्दावन’को नयाँ गित सार्वजनिक गरिएको छ । ‘यो मनको कुरा’ बोलको गीतमा शिल्पा पोखरेल र दिपेन्द्रप्रकाश केसीले अभिनय फिचरिङ भएका छन् । फ्रेस लोकेशनमा खिचिएको यो गीतमा शिल्पा र दीपेन्द्रले आ-आफ्ना भावना पोखेका छन् । बिकाश चौधरीको संगीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा  प्रदीप भारद्वाजको शब्द रहेको छ ।

वृन्दावन

भदौ १७ मा रिलिज हुने फिल्ममा शिल्पा र दिपेन्द्र संगै किशोर खतिवडाले पनि अभिनय गरेका छन् । फिल्ममा बाँदरले पनि अभिनय गरेको हेर्न पाइने छ । रुद्र खनाल निर्मित फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्