एक दिन पर सर्दा ‘चपली हाइट २’लाई ३० लाख घाटा हुने निर्माताको दाबी



रंग खबर, काठमाडौँ | आगामी भदौ २ देखि प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट २’ अन्तत भदौ ३ मा आउने भएको छ । भदौ २ गते बिहिबार जनै पुर्णिमाको दिन बिदा खानलाई ‘चपली हाइट २’ले संघर्ष गरेको थियो | तर चलचित्र निर्माता संघले शुक्रबार रिलिज हुदै आइरहेका फिल्मलाइ बिहिबार रिलिज गर्न नमिल्ने भन्दै चलचित्र बिकास बोर्डमा लेटर दर्ता गरेका थिए ।

chapali-height-in1

अब निर्माता अर्जुनकुमारका अनुसार ‘चपली हाइट २’ काठमाडौँमा ३ गते र मोफसलमा २ गते नै रिलिज हुनेछ । निर्माताका हक हितको लागि खुलेको संस्थाले निर्माताकै घाटि निमोठ्ने काम गरेको आक्रोस पोख्दै आफ्नो फिल्मलाई २५-३० लाख ग्रस घाटा लागेको बताए । हिन्दि फिल्मलाई बुधबार पनि रिलिज हुन दिने र आफ्नै घरेलु फिल्मलाई भने बिदाको दिन पनि रिलिज गर्न नदिनु यो कहाँ सम्मको निर्णय रहेको अर्जुनकुमारले बताए ।

दिपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट २’मा आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोखरेल लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्