‘नेप्टे’मा जोडी बाध्ने भए कमेडी कलाकार दयाहाङ र पुर्णिमा



रंग खबर, काठमाडौँ | अहिलेका व्यस्त एवं चर्चित अनुहार दयाहाङ राई अर्को कमेडी फिल्ममा अनुबन्धित भएका छन । प्राय कमेडी फिल्मबाटै दर्शकको मन जितेका अभिनेता दयाहाङ राई कमेडी फिल्म ‘नेप्टे’मा अनुबन्धित भएका हुन् । ‘नेप्टे’मा ‘रेलिमाई’ डेब्यू पुर्णिमा लामाले स्क्रिन सेयर गर्नेछिन । पुर्णिमा पहिलो फिल्म ‘रेलिमाई’मा पूर्ण कमेडी भूमिकामा थिइन् ।

dayahang rai and purnima lama

रोहित रुम्बाको निर्माणमा बन्ने ‘नेप्टे’लाई देव कुमार श्रेष्ठले निर्देशन गर्नेछन । फिल्ममा दयाहाङ राई, पुर्णिमा लामासंगै रोहित रुम्बा, ए गुरुङ, बुद्धी तामाङ, भानुप्रताप,  अजय खड्का, निर्मल तामाङ लगायतका कलाकारले अभिनय गर्नेछन । फिल्म आगामी मङ्सिर पहिलो साताबाट फ्लोरमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्